तिलोत्तमामा विवेकशील साझाबाट मेयरमा केसी र उपमेयरमा गुरुङ उम्मेदवार
काठमाडाैँ - विवेकशील साझा पार्टीले तिलोत्तमा नगरपालिकाको मेयरमा डा अमित केसी र उपमेयरमा रूपा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
मेयरका उम्मेदवार अमित के.सी. दृष्टि रोग विशेषज्ञ हन्। तिलोत्तमा वडा नं. ७ भलवारी निवासी केसीले २ दशकयता आँखा उपचारको क्षेत्रमा सेवा पुऱ्याउँदै आएका छन्। डा. के. सी. विभिन्न सामाजिक सङ्घ-संस्था र अभियानमा पनि आबद्ध छन्।
तिलोत्तमा नगरपालिका वडा नं १४ निवासी उपमेयर उम्मेदवार रूपा गुरुङ विगत एक दशकयता शिक्षण पेसामा आबद्ध छिन्। साथै उनले विभिन्न सङ्घ-संस्था र सामाजिक अभियानमा आबद्ध हुनुका साथै शालीन र मेहनती उद्यमीको परिचय बनाएकी छन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया