राजनीति

मेयरमा उम्मेदवारी दिन सांसदले दिए राजीनामा

इकागज |
बैशाख १०, २०७९ शनिबार १७:५५ बजे

काठमाडाैँ – रौतहटबाट निर्वाचित एक प्रदेश सांसदले राजीनामा दिएका छन्। मेयर पदको उम्मेदवार बन्नको लागि रौतहट क्षेत्र नम्बर ४ ख का सांसद शेख अबुल कलाम आजादले राजीनामा दिएका हुन्।

गत प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा प्रत्यक्ष निर्वाचित भएका थिए । जनता समाजवादी पार्टीमा प्रवेश गरेका सांसद आजाद पहिलेदेखि नै गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्ने बताउँदै आएका थिए।


२०७४ को स्थानीय तहको निर्वाचनमा गढीमाई नगरपालिकाको लागि मेयर पदमा तत्कालीन अवस्थामा महन्थ ठाकुर अध्यक्ष रहेको पार्टीबाट चुनाव लडेका थिए। नेपाली कांग्रेसका श्यामप्रसाद यादवसित पराजित भएपछि आजाद प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा रहेका थिए।

रौतहटको गढीमाई नगरपालिकाका स्थायी बासिन्दा आजाद प्रदेश सभामा विकास समितिका सभापति पनि थिए।


Author

थप समाचार
x