सुन चोरेको भिडियोबारे पाैडेल : बदनाम गर्न सार्वजनिक गरियाे, अब ‘एक्सन’मा जान्छु
काठमाडौं– नेकपा एमालेले पोखरा महानगरको मेयरको टिकट दिएका दीपक पौडेलले सुन चोरेको भनि सामाजिक संजालमा भिडियो आफूलाई बदनाम गर्ने उद्देश्यले प्रेरित भएको जिकिर गरेका छन् ।
‘मलाई बदनाम गर्न सामाजिक संजालमा त्यो भिडियो हालियो’ उनले इकागसँग भने ‘ म उनीहरु विरुद्ध एक्सनमा जान्छु । म उनीहरु विरुद्ध एक्सनमा जान विज्ञहरुसँग छलफल गर्दै छु ।’
उनले सुन चोरेको आरोप लगाइएको भिडियो सार्वजनिक भएपछि सामाजिक संजालमा तरंग फैलिएको छ । उनले एउटा पसलबाट सुनको गहना निकालेर खल्तीमा हालेको सिसिटिभी फुटेज भाइरल भएको थियो ।
सुन चोरेको आरोप लागेका पोखरा महानगरका एमाले उम्मेद्वार पौडेलको भिडियो भाइरल
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया