अविश्वास प्रस्ताव फिर्ता लिन माधव नेपाल पक्ष सहमत
काठमाडौँ : मुख्यमन्त्री तथा प्रदेश १ संसदीय दलका नेता शेरधन राईले प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिन निर्देशन दिएका छन् । मुख्यमन्त्री राईले संसदीय दलको बैठक बोलाएर एक हप्ता भित्रमा अविश्वास प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् ।
सर्वोच्चको फैसलाले माओवादी केन्द्र र एमाले ब्युताएपछि दलको नेताले हैसियतले मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव फिर्ता लिन भनेका हुन् । प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी मुख्यमन्त्री राईको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि माधव नेपाल र पुष्पकमल दाहाल पक्ष मिलेर ओली निकट मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तर अहिले माओवादी केन्द्र अलग्गिएपछि माधव नेपाल पक्ष आफ्नो पार्टीको सरकार जोगाउन अविश्वास प्रस्ताव फिर्ता लिन सहमत भएको हो ।
सत्तारुढ दलका सचेतक बुद्धिराज भण्डारीले माधव नेपाल पक्षले अविश्वास प्रस्ताव फिर्ता लिने जानकारी गराएको बताए । यस्तै माओवादी केन्द्रका नेता मौसम आङ्बोले सहमतिमै अविश्वास प्रस्ताव फिर्ता लिने सल्लाह भएको पनि बताए ।
‘सर्वोच्चले माओवादी केन्द्र र एमाले ब्युताएपछि हामीले मात्रै भन्ने कुरा रहेन’ आङ्बोले इकागजसँग भने, ‘उहाँले सहमतिमै अविश्वास प्रस्ताव फिर्ता लिन्छौ भनेपछि हामीले हुन्छ भनेका हौँ । अब हामी छलफल गरेर कसरी अगाडि बढ्ने भनेर छलफल गर्छौ ।’ प्रदेश १ मा एमालेको बहुमत छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया