उम्मेद्वार छनोट गर्न कांग्रेस सम्पादन समिति असफल, संसदीय समिति गठन
काठमाडौं– लामाे समयदेखिकाे आन्तरिक छलफलपछि पनि स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार छनाेट गर्न सकेन । पटकपटक बसेकाे कांग्रेस सम्पादन समितिकाे बैठकले उम्मेदवारकाे टुंगाे लगाउन नसकेकाे हाे ।
सहमति नहुँदा उम्मेदवार छनाेट गर्न सम्पादन समिति असफल रह्याे । जसकारण उम्मेद्वार छनाेटका लागि संसदीय समिति गठन गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेको हो ।
समितिमा पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल सहित १४ जना छन् । कांग्रेस विधानमा भने २५ जनाको संसदीय समिति हुने प्रावधान छ । अब महानगरपालिकाको उम्मेदवार संसदीय समितिले टुंग्याउने छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया