अब कांग्रेसबाट उम्मेद्वार छनोट गर्ने जिम्मा देउवालाई
काठमाडौं–कांग्रेसले महानगरपालिकाहरुको उम्मेद्वार छनोट गर्न देवालाई अधिकार दिएको छ । कांग्रेस सम्पादन समितिकाे बैठकले उम्मेदवारकाे टुंगाे लगाउन नसकेपछि ससदीय समिति गठन गरिएकाे थियाे । साे समितिलेसमेत उम्मेदवार छनाेट गर्न नसक्ने अवस्था आएपछि उम्मेदवार छनाेटकाे जिम्मा पार्टी सभापति देउवालाई दिइएकाे हाे ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देउवालाई उम्मेदवार टुंगो लगाउने जिम्मेवारी दिएको नेता अर्जुन नरसिंह केसीले इकागजलाई बताए । ‘कार्यसम्पादनले सभापतिलाई अधिकार दिने निर्णय गरेको हो,’ उनले भने, ‘विना कुनै छफलफल उम्मेदवारहरुको छनोट भएकाले मैले फरक मत राखेको छु । मेरो असहमति छ । नेता केसीले भने कार्यसम्पादन वैठकमा आफ्नो ५ बुदे फरक मत राखेका छन् ।
बैठकले महानगरपालिकाको टिकट वितरणका लागि १४ सदस्यीय संसदीय समिति गठन गरेपनि अन्त्यमा देउवालाई नै टिकट वितरणको अधिकार दिएको हो। यस्तै उपमहानगरपालिकाको टिकट प्रदेश संसदीय बोर्डले वितरण गर्ने वैधानिक व्यवस्था भएकामा त्यो अधिकार पनि खोसेर देउवालाई नै दिइएको छ । अब देउवाले पार्टीका तर्फबाट लड्ने मेयर तथा उपमेयरको उम्मेदवार नेताहरूसँगको परामर्शको आधारमा आँफै टुंगो लगाउनेछन् ।
लामाे समयदेखिकाे आन्तरिक छलफलपछि पनि स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनाेट गर्न नसकेकाे हाे।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया