राजनीति

प्रहरीलाई गृह सचिवको निर्देशन : अपराध अनुसन्धानको कार्यशैली सुधार गर्नू

इकागज |
चैत ११, २०७७ बुधवार १४:५७ बजे

काठमाडौं : गृहसचिव महेश्‍वर न्यौपानेले बुधबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गरी त्यहाबाट भए गरेका गतिविधि तथा प्रगतिबारे जानकारी लिएका छन् । कार्यालयको कार्यालय कमाण्ड सेन्टरको अवलोकन गर्दै गृहसचिव न्यौपानेले भिडियो कन्फरेन्सद्वारा ७ वटै प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षाबारे जानकारी लिएका प्रहरी प्रधान कार्यालयले सूचनामार्फत जानकारी दिएको छ ।

प्रदेशको शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्‍न तथा आ-आफ्नो क्षेत्रमा तस्कारी नियन्त्रण एवम् राजश्‍व वृद्धिमा थप सक्रियता बढाउ निर्देशन दिए । गृहसचिव न्यौपानेले कार्यालयमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई आचरण एवम् अनुशासनप्रति संवेदनशील भई पूर्ण ईमानदारिताका साथ आफ्नो प्रतिबद्धतामा नडगमगाई जिम्मेवारी वहन गर्न निर्देशन दिए । 


गृहसचिव न्यौपानेले नेपाल प्रहरी संगठनको सुदृढिकरणमा गृह मन्त्रालय सदैव दृढ एवम् क्रियाशील रहेको बताए । उनले प्रहरीका कार्यालयहरूको गतिविधि अनुगमन तथा कारबाही प्रकृया बढाउन जरुरी रहेको बताए । गृह प्रशासन सुधार योजना कार्यान्वयन र अपराध अनुसन्धान तथा नियन्त्रण, क्षमता अभिवृद्धिलगायतका कार्य योजनामा प्रहरी निरन्तर सुधारको पक्षमा लाग्‍नु गर्ने न्यौपानेले बताए । 

गृहसचिव न्यौपानेले प्रहरी संगठन सुधार, भौतिक पूर्वाधार निर्माण, वृत्ति विकास लगायतका विषयमा मन्त्रालयले छलफल अगाडि बढाएको बताए । यस वर्ष जस्तै आउँदो वर्ष पनि बेरुजु फर्छ्‍यौटमा सर्वोत्कृष्ट हुनेतर्फ ध्यान केन्द्रीत गरी टिम बनाई थप सक्रियताका साथ लाग्‍नु पर्ने उनको भनाइ छ । 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहसचिवको निर्देशनलाई प्रहरीले थप जिम्मेवारी बोधसहित कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रहरीले आफ्नो क्षमता प्रदर्शन भन्दा पनि इमानदार भई कार्यसम्पादन गर्नुपर्ने थापाले बताए । 

प्रहरीले आन्तरिक शुद्धिकरणलाई निरन्तरता दिई प्राथमिकतामा राखेर प्रणालीमा ल्याउने प्रयास भइरहेको बताए । प्रहरीको आचरण व्यवहारलाई अझै सुधार गर्न नेपाल प्रहरीले विभिन्‍न कार्य योजना तय गरी मासिक समीक्षा गर्दै यसको पूरा कार्यान्वयनमा जोड दिएको उनले बताए । 
 


Author

थप समाचार
x