राजनीति

एमाले कञ्चनपुरले लगायो ९ मध्ये ५ वटा पालिकामा उम्मेदवारको टुंगो

इकागज |
बैशाख १२, २०७९ सोमबार १३:१२ बजे

काठमाडौं –  आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले कञ्चनपुरका ९ मध्ये ५ वटा पालिकामा उम्मेदवारको टुंगो लगाएको छ । एमाले प्रदेश कमिटीको सोमबार आज बसेको बैठकले शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा रणबहादुर महरा, बेदकोटमा सुशीला सिंह, दोधाराचाँदनीमा राजिव खड्का, कृष्णपुरमा लोकेन्द्र पन्तलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

लालझाडी गाउँपालिकामा यसअघि नै निर्मल राना सर्वसम्मत उम्मेदवार गाउँपालिका अध्यक्षका उम्मेदवार थिए । अन्य पालिकामा उम्मेदवार छनौट गर्न छलफल जारी छ ।


एमालेले भीमदत्त नगरपालिका, पुनर्वास, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिका प्रमुखमा उम्मेदवार टुंग्याउन बाँकी छ । बेलौरी नगरपालिकाको मेयरमा पल्लबराज भट्ट र कमला बोहराको दाबी छ ।

पुनर्वासमा फैरु तामाङ र बीरबहादुर थापा (पातल), बेलडाँडीमा अक्कल विष्ट, गणेश उपाध्याय आकांक्षी छन् । यी नामहरूमा छलफल चलिरहेको छ ।


Author

थप समाचार
x