देशभर ५ बजेसम्म ४७ हजार ६ सय १७ मनोनयन दर्ता
काठमाडौं– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि देशभर सोमबार साँझ ५ बजेसम्म भएका मनोनयन दर्ताको संख्यात्मक विवरण सार्वजनिक गरेको छ ।
आयोगले सार्वजनिक गरेको विवरणअनुसार देशका सातैवटा प्रदेशमा ४७ हजार ६ सय १७ जनाले विभिन्न पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । आयोगले साँझसम्मको विवरण प्रदेशगत र जिल्लागत रूपमा सार्वजनिक गरेको छ ।
जसमा सबैभन्दा बढी मधेस प्रदेशमा १२ हजार २१६ जनाले मनोनयन दर्ता गराएका छन् । जसमा मेयरमा ५४८, उपमेयमा २९२, अध्यक्षमा ३५४ र उपाध्यक्षमा २०९ जनाले उम्मेदवारी दिएका छन् ।
सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा तीन हजार १२० जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि मनोनयन दर्ता खुलाएको थियो । दुई दिनका लागि खुलाइएका मनोनयन दर्ताको समयसीमा सोमबार साँझ पाँच बजे सकिएको छ ।
हेर्नुस् प्रदेशगत र जिल्लागत रुपमा कहाँ कतिले दिए उम्मेदवारी ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया