कांग्रेसका क्षेत्रीय सचिव समाजवादीबाट उम्मेदवार
हेटौंडा – नेपाली कांग्रेस मकवानपुरका क्षेत्रीय सचिव नेकपा एकीकृत समाजवादीबाट वडा अध्यक्षको उम्मेदवार बनेका छन् ।
कांग्रेसको मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ सचिव नवराज पौडेल नेकपा एसबाट मनहरी गाउँपालिका १ नम्बर वडा अध्यक्ष पदको उम्मेदवार बनेका हुन् । कांग्रेस परित्याग गर्दै उनी एकीकृत समाजवादीबाट वडा अध्यक्षको उम्मेदवार बनेका हुन् । प्रदेश सभापति रञ्जन कालाखेती भने मनहरी गाउँपालिकामा कांग्रेसबाटै पालिका अध्यक्षको उम्मेदवार रहेका छन् ।
मनहरीको १ नम्बर वडाको सबै घरमा स्वास्थ्य वीमा कार्यक्रम पुर्याउने, जग्गाको लालपूर्जा नपाएकाहरुलाई लालपूर्जा व्यवस्था गर्ने लगायतका योजना रहेको उनले सुनाए ।
पौडेलले आफ्नो सेवासुविधाको रकम सबै नागरिकको सेवामा लगानी गर्ने र १० प्रतिशत सामाजिक क्षेत्रमा लगाउने बताएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया