भरतपुरमा जुटेन सहमति, बागी उम्मेदवारकै घरमा गएर मनाउन अन्तिम प्रयास गर्ने
काठमाडौँ – चितवन जिल्ला कांग्रेस समितिको बैठकले स्वतन्त्र रुपमा उम्मेदवार दर्ता गराएकालाई उम्मेदवारी फिर्ता लिन लगाउने निर्णय गरेको छ । बुधबार कांग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्य र जिल्ला सभापति राजेश्वर खनालको उपस्थितिमा बैठक बसेको थियो ।
'पार्टीको भर्खर बैठक सकिएको छ,' उनले भने,' स्वतन्त्र रुपमा उम्मेदवार दर्ता गराएकाहरूसँग उनीहरूकै घरमा बेलुका छलफल हुन्छ ।'
बालुवाटारमा आजै सत्ता गठबन्धनको बैठक बसेर आफ्ना दलबाट बागी उठेका उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन लगाउने निर्णय भएको थियो । उक्त निर्णय भएसँगै खाँण बागी उम्मेदवारलाई सम्झाउन चितवन पुगेका थिए ।
सत्ता गठबन्धनको भागबण्डामा भरतपुरको मेयर माओवादी केन्द्रले पाएको थियो। माओवादीको तर्फबाट रेणु दाहालले उम्मेदवारी दिइसकेकी छिन् । तर, गठबन्धनकै दल कांग्रेसबाट नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले सोमबार बागी उम्मेदवारी दर्ता गराएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया