निर्वाचन आयाेगले दियो चिरिबाबुलाई क्लिन चिट
काठमाडौं–ललितपुर महानगरपालिकाका उम्मेदवार चिरिबाबु महर्जनलाई जिल्ला निर्वाचन कार्यलयले क्लिन चिट दिएको छ । उनी विरुद्ध ललितपुर वडा १८ गोपाल डंगोलले महालेखामा बेरुजु रहेको भन्दै उजुरी दिएका थिए ।
तर आयोगले विहिबार उनलाई क्लिन चिट दिएको मेयर महर्जनले बताए । उनले भने, ‘मेरो विरुद्धमा उजुरी परेको थियो । मैले संस्थागत बेरुजु भएको जवाफ लेखेर पठाएको थिएँ । आयोगले आजै यो संस्थागत बेरुजु भएको र व्यक्तिगत किटानी बेरुजू नभएको भन्दै उजुरीमा सफाइ दिएको छ ।’
मेयरलाई यसको कुनै किटानी नभएकाले मेयर जवाफदेही हुनुपर्ने अवस्था नरहेको भनेर निर्णय गरेको उनले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया