जनकपुरधाममा १५ जना उम्मेदवारले लिए उम्मेदवारी फिर्ता
जनकपुरधाम – आसन्न स्थानीय तह निर्वाचनमा भाग लिन जनकपुरधाम उपमहानगपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका मध्ये मेयर सहितका १५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय जनकपुरधाम उपमहानरपालिकाका अनुसार मेयरमा दुई जना, उपमेयरमा १, वडाध्यक्षमा ११ र सदस्यमा १ जना गरी १५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।
मेयरमा उम्मेदवारी फिर्ता लिनेहरुमा वैद्यनाथ प्रसाद साह र नन्दन कुमार भगत, उपमेयरमा विश्वनाथ साह सुडीसहित ११ जना वडाध्यक्ष र एक जना सदस्यले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत कार्यालयका प्रमुख ब्रजेश प्याकुरेलले जानकारी दिए ।
यसअघि समानुपातिकमा नाम रहेका उपमेयरका स्वतन्त्र उम्मेदवार सरोज मिश्र, वडा नम्बर १ बाट अध्यक्षका उम्मेदवार भोला साह र एक जना महिला सदस्यको उम्मेदवारी दाबी विरोध उजुरीको छानबीन पश्चात रद्द भएको थियो ।
उम्मेदवारी फिर्ता के कति कारणले लिएको बारे वैद्यनाथ प्रसाद साहले भने आफू एउटा समाजसेवी भएको हुनाले राजनीति आफ्नो वशको कुरा नरहेकोले उम्मेदवारी फिर्ता लिएको हुँ । उनले भने जुन दिन जनता आफै उम्मेदवार बनाउँछन् त्यो आफू प्रतिष्पर्धीको हिसाबले उम्मेदवारी दिनेछु ।
मिथिला नपाका बागी उम्मेदवार पनि फिर्ता
यस्तै अर्का उम्मेदवार नन्दनकुमार भगतले भन्छन् अन्य उम्मेदवारहरुले चुनाव खर्चिलो बनाइ दिएको कारण आफूले त्यसमा थेग्न सक्ने अवस्था नरहेकोले हुनाले उम्मेदवारी फिर्ता लिएको हुँ ।
यता मिथिला नगरपालिका मेयरमा बागी बनेर उम्मेदवारी दिएका निर्वतमान मेयर हरिनारायण महतोले पनि पार्टीको दबावमा उम्मेदवारी फिर्ता लिएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिपछि उनले एमालेबाटै मेयरमा उठेका राजाराम महतोलाई नै सघाउने निर्णय गरेका हुन् । उनले भने, ‘पार्टी अध्यक्षले उम्मेदवारी फिर्ता लिनुस्, तपाईंको व्यवस्थापन हामी गर्छौं भनेपछि उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छु ।'
रघुवीर महासेठको चलखेलका कारण पार्टीले आफूलाई अधिकारिक उम्मेदवार नबनाई अन्तिम समयमा आएर नाम कटिएको हुनले भने । एमाले नेताहरूका अनुसार उनलाई प्रदेश सभा सदस्यमा महतोलाई टिकट दिने तयारी छ । पार्टी परित्यागको घोषणा गर्दै उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए।
उनलाई फकाउन अध्यक्ष ओलीले नै काठमाडौं बोलाएका थिए । बालकोटमा ओलीसँग भेटघाटपछि उनी उम्मेदवारी फिर्ता लिएर राजारामलाई नै सघाउने निर्णयमा पुगेका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया