राजनीति

एमाले मकवानपुरले गर्‍यो बागी उम्मेदवारी दिनेलाई कारबाही

इकागज |
बैशाख १८, २०७९ आइतबार १२:११ बजे

मकवानपुर - आसन्न स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएका एमालेका संगठित सदस्यहरुलाई नेकपा एमाले मकवानपुरले कारबाही गरेको छ ।

पार्टीको संगठित सदस्य हुँदाहुँदै जिल्लाको विभिन्न स्थानीय तहमा पार्टीको निर्णय विपरीत उम्मेदवारी दिएरका पार्टीको सुझाव अनुसार उम्मेदवारी फिर्ता पनि नलिएकाहरुलाई कारबाही गरिएको हो । पार्टी निर्णय उलङ्घन गर्ने मकवानपुरगढी गाउँपालिकाका कृष्ण कंडेल, हेटौंडा उपमहानगरपालिका वडा नं। ५ का विशालराज महत, वडा नं। ११ का अक्कलबहादुर क्षेत्री, हेटौंडा १९ का रत्नबहादुर व्लोन र रमेश पौडेललाई पार्टीले कारवाही गरेको हो ।

उनीहरुसँगै उनीहरुको उम्मेदवारीमा प्रस्तावक तथा समर्थक बन्नेलाई समेत पार्टीको विधानअनुसार पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गरिएको नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेको आधिकारीक उम्मेदवार खडा गरेको अवस्थामा पार्टीको निर्णय नमान्दै बागी उम्मेदवारी दिएको र आवश्यक समन्वय गर्दासमेत उम्मेदवारी फिर्ता नलिएकाले कारबाही गर्नुपरेको श्रेष्ठले बताए ।

‘नेकपा एमालेको संस्थागत निर्णय अनुसार नै पार्टीका उम्मेदवारहरु चुनावी मैदानमा हुनुहुन्छ एमालेलाई विजयी गराउनका निम्ति सिङ्गो पार्टी चुनावी मैदानमा प्रतिष्पर्धा गरिरहेको छ ।’ अध्यक्ष श्रेष्ठले पार्टी निर्णयलाई उलङघन गर्दै केही पदमा पार्टी सदस्यहरुले उमेदवारी दिएको जानकारी प्राप्त भए लगत्तै पार्टीको आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिन पार्टीले गरेको निर्देशनलाई अवज्ञा तथा उल्लङ्घन गर्ने काम भएको अध्यक्ष श्रेठले बताए ।



Author

थप समाचार
x