राजनीति

राप्रपाले सिन्धुपाल्चोकमा उम्मेदवारलाई भ्रष्टाचार नगर्ने कसम खुवायो

इकागज |
बैशाख १८, २०७९ आइतबार १७:२ बजे

सिन्धुपाल्चोक – राप्रपाले चौतारा साँगाचोकगढी नगरपालिकामा  मेयर, उपमेयर र वडा अध्यक्षकाे उम्मेदवारी दिएका आफ्ना नेतालाई भ्रष्टाचार नगर्ने कसम खुवाइएको छ ।

जिल्लाको प्रसिद्ध धार्मिकस्थल गौराती भिमेश्वरको मन्दिरको प्राङगणमा भेला गरेर राप्रपाले आफ्नाे पार्टीको तर्फबाट स्थानीय निर्वाचनको उम्मेद्‌वार बनाएइकाहरूलई भ्रष्टाचार नगर्ने कसम खुवाइएको हो ।


राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले केही दिनअघि काठमाडाैँमा भ्रष्टाचार गरेर पैसा खानु आमाको रगत खानु सरह हुने भन्दै कसम खुवाएर मात्रै उम्मेदवार बनाउने बताएका थिए ।

अध्यक्ष लिङ्देनको सोही उद्घोषबमोजिम राप्रपाका सबै उम्मेदवारलाई भ्रष्टाचार नगर्ने वाचा गराएको राप्रपा जिल्ला अध्यक्ष राजकुमार कुँवरले बताए । त्यस अवसरमा राप्रपा चौतारा साँगाचोकगढी नगरपालिकाकी मेयर उम्मेद्‌वार सुन्तली ढुँगेललगायतका उम्मेदवारहरू सहभागी थिए ।


Author

थप समाचार
x