राजनीति

निर्माण व्यवसायीका समस्या समाधान गर्न गम्भीर छौँ : मन्त्री झाँक्री

इकागज |
बैशाख १९, २०७९ सोमबार २२:१२ बजे

फाइल फोटो

काठमाडौँ - सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएकी छिन् । निर्माण क्षेत्र अस्तव्यस्त बनेको बताउँदै उनले व्यवसायीका आवश्यक माग सम्बोधनको पहल गरिने बताइन् । 

नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा मन्त्री झाँक्रीले अन्य मन्त्रालयसँग समन्वयका लागि पहल गर्ने बताइन् । 


उनले भनिन्, `निर्माण व्यवसायीका समस्या समाधानका लागि हामी गम्भीर छौँ । सकारात्मक रूपमा समस्या समाधानको पहल खोजौँ । निर्माणका काम रोकेर नबसौँ ।`

ठूला आयोजनामा म्याद थप्न समस्या नभए पनि साना आयोजनाको म्याद थपेर बस्दा नयाँ कार्यक्रमबारे अन्योलता सिर्जना हुने उनले बताइन् । 

भेटमा महासङ्घका अध्यक्ष रवि सिंहले विकास परियोजनालाई तीव्र गतिमा अगाडि बढाउनका लागि अन्य मन्त्रालयसँग समन्वय गरिदिन आग्रह गरिन् ।  उनले निर्माण सामग्रीमा भएको मूल्य वृद्धि समायोजन गर्न अनुरोध गरिन् । रासस


Author

थप समाचार
x