काठमाडौंकी उपप्रमुख उम्मेदवार डंगोलविरुद्ध अख्तियारमा उजुरी, शैक्षिक योग्यता ढाँटेर जागिर खाएको आरोप
काठमाडौं– आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा एमालेको तर्फबाट उपमेयरको उम्मेदवारी दिएकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनीविरुद्ध शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उजूरी दर्ता भएको हो ।
उनीविरुद्ध दायर भएको उजूरीमा स्नातकोत्तर योग्यता प्राप्त गरेको भनी ढाँटी ५ वर्ष काठमाडौं महानगरको शहरी विकास परियोजनाको सल्लाहकार नियुक्ति लिई तलब सुविधा लिएको आरोप छ ।
वैशाख १६ गते दर्ता भएको उजुरीमा उनको नियुक्तिको सम्पूर्ण फाइल झिकाई कानुनअनुसार सजाय दिन माग गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया