मेयरले ५ वर्षमा काठमाडौंमा भएका कामको जवाफ दिनुपर्छ : गगन थापा
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विगत पाँच वर्षको अवधिमा काठमाडौं महानगरपालिकाको मेयरले गरेको कामको जवाफ दिनुपर्ने बताएका छन् ।
बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आयोजना गरेको क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले विगत पाँच वर्षको अवधिमा काठमाडौं महानगरपालिकाको मेयरले गरेको कामको बारेमा जनतालाई जवाफ दिनुपर्ने बताएका हुन् ।
चुनावको बेलामा गरिएको प्रतिवद्धता अनुसार काठमाडौंमा कति सफा भयो ?, काठमाडौं कति सहज भयो यसको उत्तर महानगरवासीलाई दिनुपर्ने उनले बताए। आफ्नो प्रतिबद्धता पूरा भए नभएको सम्बन्धमा जवाफदेहिता लिन उनले आग्रह गरे ।
महामन्त्री थापाले केही पार्टीका नेता तथा उम्मेदवारहरुले महिलामाथि अपमान गरेको बताए । उनले महिला हुनुलाई नै अयोग्यताको रुपमा हेर्नेहरुलाई काठमाडौंका महिलाहरुले चुनावमार्फत् उत्तर दिनुपर्ने पनि बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया