स्थापितलाई फेरि सोध्यो आयाेगले स्पष्टीकरण
काठमाडौँ – निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितलाई फेरि स्पष्टीकरण सोधेको छ । स्थापितले महानगरका स्वतन्त्र उम्मेदवार बालेनविरुद्ध गरेको टिप्पणीका कारण स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।
‘नेपाल कम्युनिस्ट पार्टी एमालेका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवार केशव स्थापितले सोही महानगरमा प्रतिस्पर्धी उम्मेदवार रहनुभएका बालेन शाहको विषयमा अभिव्यक्ति दिनुभएको सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट जानकारी प्राप्त भएकाले निर्वाचन आचारसंहिता २०७८ अनुकूल नभएकाले सो विषयमा आधार र कारणसहित चौबीस घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस अघि पनि स्थापितलाई आयोगले स्पष्टीकरण सोधेको थियो । स्थापितलाई यौन दुर्व्यवहार सम्बन्धी प्रश्न सोध्ने प्रश्न कर्तामाथि गरेको टिप्पणीका विषयमा आयोगले स्पष्टीकरण सोधेको हो ।
गत १५ वैशाखमा काठमाडौँको एक कलेजमा भएको कार्यक्रममा स्थापितलाई यौन दुर्व्यवहारसम्बन्धी प्रश्न सोधिएको थियो ।
स्थापितले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बालेन शाहलाई ‘अन्तर्राष्ट्रिय ठग’ भनी टिप्पणी गरेका थिए । त्यस्तै स्थापितले बालेन शाहले ‘केशव स्थापितलाई जिताऔँ, बालेनलाई भोट हालौँ’ भनेर प्रचार गरेको पनि आरोप लगाएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया