प्रतिगामी शक्तिका विरुद्ध हो गठबन्धन : वरिष्ठ नेता पौडल
काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको गठबन्धन प्रतिगामी शक्तिको विरुद्धको भएको बताएका छन् । काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नेक्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘गठबन्धन वास्तवमा परिवर्तनलाई बचाउन हो । संविधानलाई बचाउन हो । राजनीतिक स्थायित्व दिनलाई हो । त्यो प्रतिगामी शक्तिका विरुद्ध एकजुट भएर यो मुलुकलाई जोगाउन पर्छ । ’
उनले पुराना गुनासालाई भुलेर गठबन्धनलाई सफल बनाउन आग्रह पनि गरे । ‘पुराना कुरालाई हामीले बिर्सौँ,’ उनले भने, ‘गठबन्धनलाई मजबुद बनाउँ । एकले अर्कालाई सहयोग गर्ने वातावरण बनाउन ।
उनले काठमाडौंको मुख्य समस्या खानेपानी र फोहोर भएकाले यसको समाधन गर्न उम्मेदवार लाई पनि अनुरोध गरे । ३० वर्ष देखिको यो समस्या समाधान गर्न नसक्नु नेताहरुको नालायकी भएको उनले बताए । ‘फोहोर र खानेपानीको समस्या।’ उनले भने, ‘३० वर्षको देखिको समस्या अहिले पनि त्यत्तिकै छ । खानेपानीको समस्या अलि अलि समस्या समाधान भएपनि फोहोरको समस्या यत्तिकै छ ।
बञ्चरे डाँडाको समस्या उस्तै छ । यो भन्दा ठूलो नालायकी के हुन् छ । यो भन्दा ठूलो असफलता के हुन्छ ? यो भन्दा लज्जास्पद कुरा के हुन्छ ?’
उम्मेदवारलाई जितेर यहाँको समस्या समाधान गर्न, यहाँका जग्गा जमिन बनाएर खेल मैदान पार्कको निर्माण गर्न समेत अनुरोध गरे ।
‘काठमाडौंका पानीपँधेराे र जग्गा जमिन सबै भूमाफियाले सके । काठमाडौं घरै घरको थुप्रो भएको छ,’ उनले भने, ‘खानेपानीको समस्या समाधान हुन लागेको छ । अब मेलम्चीबाट अस समाधान होस् । फोहोरको व्यवस्थापन गरेर मल निकाल्ने गरेर स्थायी समाधान होस् । अहिलेका पदाधिकारीले यो काम गर्न सके भने जनतालाई सहज हुन्छ । जितेर पार्क र बच्चाहरूलाई खेल्न ठाउँ पनि बनाउनुपर्छ ।’
चुनावी आम सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान श्रेष्ठ लगायतको उपस्थित थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया