शुक्रबार आन्तरिक हवाई उडान बन्द हुने
फाइल तस्बिर
काठमाडौँ- वैशाख ३० गते हुने स्थानीय निर्वाचनको दिन आन्तरिक हवाई उडान सेवा बन्द हुने भएको छ । वायुसेवा सञ्चालक संघ नेपालमा आवद्ध रहने सबै सदस्य वायुसेवाहरूको नियमित उडान बन्द हुने संघले जनाएको छ ।
स्थानीय तहको निर्वाचन हुने भएकाले सोही दिन सम्पूर्ण सार्वजनिक यातायातदेखि उडान सेवासमेत बन्द हुने भएको हो । संघका अनुसार मानवीय उद्धार, सहायता र सरकारको निर्देशनबाहेक अन्य उडान सबै बन्द हुनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया