राजनीति

गठबन्धन प्रदेशसभा र संघीय निर्वाचनसम्म रहन्छ : प्रचण्ड

इकागज |
बैशाख २५, २०७९ आइतबार १४:५० बजे

पोखरा- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन प्रदेशसभा र संघिय निर्वाचनसम्म रहने दाबी गरेका छन् । पोखरामा आइतबार आयोजित गठबन्धनको चुनावी सभामा बोल्दै उनले देशलाई राजनैतिक स्थायीत्व र आर्थिक विकास गर्नका लागि गठबन्धन आवश्यक रहेको बताए ।

देश र जनताको भविष्य सम्झेर देशभर गठबन्धन गरेको प्रचण्डले बताए । ‘अहिलेको स्थानीय तह निर्वाचनमात्रै होइन, भोलि प्रदेश र संघीय निर्वाचनमा पनि गठबन्धन रहन्छ,’ उनले भने, ‘त्यति मात्र नभएर राजनैतिक स्थायित्व र आर्थिक विकास पनि यो गठबन्धनबाटै गर्ने हामीले संकल्प गरेका छौं ।’


उनले राजावादी र गणतन्त्र विरोधीलाई पराजित गर्नु आजको आवश्यकता भएको बताएका छन् । त्यस्ता शक्तिलाई पराजित नगरे देश राजनीतिक दुर्घटनामा जाने दाबी गरे । ‘एउटा ठूलो षड्यन्त्र लोकतन्त्र, संघीयता र संविधानविरुद्ध हुँदै थियो । त्यसलाई परास्त गर्न यो गठबन्धन जन्मिएको हो,’ उनले भने ।


Author

थप समाचार
x