राजनीति

मेयर, उपमेयर महिला उम्मेदवार अघिल्लो स्थानीय निर्वाचनमा भन्दा ४% ले घटे

अतिन आचार्य |
बैशाख २५, २०७९ आइतबार १६:३१ बजे

काठमाडौँ- वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा पुरुष भन्दा महिला उम्मेदवारको संख्या कम छन् । यसपटकको निर्वाचनमा निर्वाचित भएर स्थानीय तह हाँक्ने महिलाको संख्या एकदमै  कम हुने देखिएको छ ।

सातै प्रदेशका स्थानीय तहमा महिलाको भन्दा पुरुष उम्मेदवारको संख्या उल्लेख्य मात्रा बढी छन् । गत निर्वाचनमा भन्दा यसपटकको स्थानीय तहको प्रमुख र उपप्रमुखमा महिला उम्मेदवारको संख्या कम रहेका छन् ।


यसअघि भएको निर्वाचनमा महिला प्रमुख भए पुरुष उपप्रमुख थिए, पुरुष प्रमुख भए महिला उपप्रमुख भएका थिए । मुख्य पदमा महिला र पुरुषको संख्या बराबर थियो ।

२०७४ को निर्वाचनमा ३४५ महिला पालिका प्रमुखमा उम्मेदवार बनेका थिए ।  तीन हजार दुई सय ९१ महिलाले उपप्रमुखमा उम्मेदवारी दिएका थिए । ७ मेयर र २७६ उपमेयर तथा ११ अध्यक्ष र उपाध्यक्ष ४२४ जना महिला निर्वाचित भएका थिए । विभिन्न राजनीतिक दलले महानगर तथा नगरपालिकाको मेयरमा १६ जनालाई र गाउँपालिका अध्यक्षमा १० जना महिला उम्मेदवार उठाएका थिए ।

यसपटक भने पाँच दलीय गठबन्धनको प्रभावले प्रमुख पदमा पुरुष भन्दा महिला उम्मेदवारको संख्या छ । कतिपय स्थानीय तहको दुवै प्रमुख पदमा पुरुष उम्मेदवारको नाम दर्ता पनि भएका छन् । केही दलले भने महिला र पुरुष दुवै पदमा मिलाएर उम्मेदवारी दर्ता गराएका छन् ।  देशैभर मुख्य पदमा महिला उम्मेदवारको संख्या करिब ३५ सय जना रहेका छन् ।

निर्वाचन आयोगका अनुसार प्रदेश १ को नगर प्रमुखमा महिला २७, गाउँपालिका अध्यक्ष २६,  नगर उपप्रमुखमा २०९ र उपाध्यक्षमा २६२ जना छन् । वडा अध्यक्षमा १३६, महिला सदस्य ३ हजार ८१७, दलित महिला सदस्य ३ हजार ४५९ र सदस्य मात्र २६० जना छन् ।

माओवादीले मेयरमा १७ मेयरमा र १८ जनालाई अध्यक्षमा उम्मेदवार बनाएको थियो । गत निर्वाचनमा एमालेले ६६२, कांग्रेसले ६३६ र माओवादीले ६०४ उपमेयर तथा उपाध्यक्षमा उम्मेदवार उठाएका थिए ।

यस पटक एमालेले मेयरमा २७ र अध्यक्षमा २८ जना उम्मेदवार उठाएको छ । त्यस्तै, कांग्रेसले मेयरमा १२ र अध्यक्षमा १९ जना उम्मेदवार बनाएको छ भने माओवादीले मेयरमा १८ र अध्यक्षमा २९ जना महिलालाई उम्मेदवार बनाएको छ ।

मधेस प्रदेशमा नगर प्रमुखमा ५४, गाउँपालिका अध्यक्षमा ३७, नगर उपप्रमुखमा ५३८ र उपाध्यक्षमा ४०० जना छन् । वडा अध्यक्षमा २५४ , महिला सदस्य ७ हजार ८, दलित महिला सदस्य ६ हजार ६७१ र सदस्य मात्र ८१८ जना छन् ।

बागमती प्रदेशको नगर प्रमुखमा महिला ५९, गाउँपालिका अध्यक्ष २५,  नगर उपप्रमुखमा १९५ र उपाध्यक्षमा २३० जना छन् । वडा अध्यक्षमा १४९ , महिला सदस्य ४ हजार ३४, दलित महिला सदस्य ३ हजार ३३० र सदस्य मात्र ३२१ जना छन् ।

गण्डकी प्रदेशमा नगर प्रमुखमा १८, गाउँपालिका अध्यक्षमा २५, नगर उपप्रमुखमा ९३ र उपाध्यक्षमा १४४ जना छन् । वडा अध्यक्षमा ९७ , महिला सदस्य २ हजार ११८, दलित महिला सदस्य १ हजार ९४२ र सदस्य मात्र २१२ जना छन् ।

लुम्बिनी प्रदेशको नगर प्रमुखमा महिला ४९, गाउँपालिका अध्यक्ष २६,  नगर उपप्रमुखमा १८२ र उपाध्यक्षमा ३०४ जना छन् । वडा अध्यक्षमा १६३ , महिला सदस्य ३ हजार ९७७, दलित महिला सदस्य ३ हजार ७०७ र सदस्य मात्र ३५८ जना छन् ।

कर्णाली प्रदेशमा नगर प्रमुखमा ९, गाउँपालिका अध्यक्षमा ११, नगर उपप्रमुखमा ९० र उपाध्यक्षमा १६८ जना छन् । वडा अध्यक्षमा ७२ , महिला सदस्य २ हजार ३१७, दलित महिला सदस्य १ हजार ९९७ र सदस्य मात्र २१३ जना छन् ।

सुदुर पश्चिम प्रदेशको नगर प्रमुखमा महिला १३, गाउँपालिका अध्यक्ष ५, नगर उपप्रमुखमा १२७ र गाउँपालिका उपाध्यक्षमा १३५ जना छन् । वडा अध्यक्षमा ७६ , महिला सदस्य २ हजार ३२८, दलित महिला सदस्य २ हजार १७९ र सदस्य मात्र २२२ जना छन् ।

पुरूष उम्मेदवार कति छन् ?

प्रदेश १ को नगर प्रमुखमा पुरुष उम्मेदवार ३४८, गाउँपालिका अध्यक्ष ४३०,  नगर उपप्रमुखमा ८० र उपाध्यक्षमा ९५ जना छन् । वडा अध्यक्षमा ४ हजार ६०५ र सदस्यमा ७ हजार ७६८ जना छन् ।

मधेस प्रदेशको नगर प्रमुखमा पुरुष उम्मेदवार १ हजार ३६६, गाउँपालिका अध्यक्ष ८५६,  नगर उपप्रमुखमा १४६ र उपाध्यक्षमा ७९ जना छन् । वडा अध्यक्षमा ९ हजार १६६ र सदस्यमा १३ हजार ५३१ जना छन् ।

बागमती प्रदेशको नगर प्रमुखमा पुरुष उम्मेदवार ४५९, गाउँपालिका अध्यक्ष ४९४,  नगर उपप्रमुखमा १०४ र उपाध्यक्षमा ९३ जना छन् । वडा अध्यक्षमा ५ हजार ७२ र सदस्यमा ८ हजार १०० जना छन् ।

गण्डकी प्रदेशको नगर प्रमुखमा पुरुष उम्मेदवार १७३, गाउँपालिका अध्यक्ष २२८,  नगर उपप्रमुखमा ४३ र उपाध्यक्षमा ६३ जना छन् । वडा अध्यक्षमा २ हजार ५३९ र सदस्यमा ४ हजार ३१४ जना छन् ।

लुम्बिनी प्रदेशको नगर प्रमुखमा पुरुष उम्मेदवार ३४२, गाउँपालिका अध्यक्ष ४६७,  नगर उपप्रमुखमा ९३ र उपाध्यक्षमा ८८ जना छन् । वडा अध्यक्षमा ४ हजार ७५८ र सदस्यमा ७ हजार ९१२ जना छन् ।

कर्णाली प्रदेशको नगर प्रमुखमा पुरुष उम्मेदवार १३२, गाउँपालिका अध्यक्ष २३७,  नगर उपप्रमुखमा ३२ र उपाध्यक्षमा ५९ जना छन् । वडा अध्यक्षमा २ हजार ६८७ र सदस्यमा ४ हजार ५७२ जना छन् ।

सुदुर पश्‍चिम प्रदेशको नगर प्रमुखमा पुरुष उम्मेदवार १८९, गाउँपालिका अध्यक्ष २२५,  नगर उपप्रमुखमा ३२ र उपाध्यक्षमा ४३ जना छन् । वडा अध्यक्षमा २ हजार ७२२ र सदस्यमा ४ हजार ५७२ जना छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x