राजनीति

मधेसीलाई नागरिकताविहीन बनाउने यही गठबन्धन दल हुन् : अध्यक्ष ठाकुर

सुभाष कर्ण |
बैशाख २६, २०७९ सोमबार २०:१७ बजे

जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसीविरुद्ध विभेद कायमै रहेकोले आफूहरु स्थानीय तहको विकास र अधिकार प्राप्तिको आन्दोलनसहित निर्वाचनमा होमिएको बताएका छन । 

सोमवार जनकपुरधाममा लोसपाद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले भने हाम्रो पार्टी आउँदो स्थानीय तहको निर्वाचनमा स्थानीय विकास र मधेसविरुद्ध जारी विभेद तथा अधिकार प्राप्तिका लागि अघि बढेको छ । 


उनले भने, 'देशमा संघीयता आए पनि शासन प्रशासनको अधिकार केन्द्रमै सीमित रहेकोले ती अधिकारलाई संविधानबमोजिम स्थानीय र प्रदेशमा हस्तान्तरण र नागरिकतासहित मधेस आन्दोलनमा उठेका तथा पटक पटक सम्झौता भएका मुद्दा संस्थागत गर्न आफूहरू निर्वाचनमा भाग लिएकोले आफ्ना पार्टीलाई जिताउन आवश्यक रहेको छ।' 

अध्यक्ष ठाकुरले गठबन्धन घटक दलका नेताहरु मधेसमा आएर नागरिकता समस्या समाधान आफूहरूले नै गर्ने भन्दै आएका छन । तर वास्तवमा मधेसीलाई नागरिकताविहिन बनाउने ती गठबन्धनका कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र आफूलाई मधेस भन्ने जनता समाजवादी पार्टी नेपाल रहेको आरोप लगाए। 

उनले भने, 'हाम्रो कुनै लिखित सम्झौता नभएपनि विगतमा केपी ओली नेतृत्वको सरकारले नागरिकता समस्या समाधानका लागि राष्ट्रपतिसँग मिलेर अध्यादेश ल्याउन खोज्दा यही गठबन्धन दलका नेताहरुले सर्वोच्चमा उजुरी दिएर खारेज गराएर आफ्नो ठूलो जlत भएको भनी छाती चौडा गरेका थिए, तर आज चुनावको बेला मधेसीलाई ठग्न भन्छन् मधेसीको नागरिकता समस्या आफूहरुले समाधान गर्नेछु ।' 

अध्यक्ष ठाकुर देशको न्याय र शासन प्रशासन प्रति प्रश्न उठाउँदै भने, 'गोली ठोकेर हजारौ नेपाली जनतालाई मारेर आन्दोलन गर्नेहरु प्रधानमन्त्री बनेर अहिले पनि सरकारमा छन । तर अधिकारका लागि शान्तिपुर्ण आन्दोलन गर्ने दर्जनौ मधेसीलाई गोली हानेर शहीद बनाइयो, अहिलेपनि दर्जनौमाथि झुठा मुद्दा लगाएर जेलमा हालेका छन, यस्तो छ हाम्रो देशको शासन न्याय प्रणाली।' 

उनले जबसम्म देशको राजनीतिक अवस्था स्थिर हुदैन देशमा मधेसीले अधिकार पाउने छैन र अधिकार प्राप्तिको हाम्रो आन्दोलन जारी नै रहनेछ । स्थानीय तहको निर्वाचनमा लोसपालाई जिताए आन्दोलनलाई अझ शसक्त बनाएर मधेसीलाई सेवाका साथै अधिकार सम्पन्न बनाउन सकिन्छ । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x