राजनीति

निर्वाचन आयोगले साेध्याे गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई स्पष्टीकरण

इकागज |
बैशाख २६, २०७९ सोमबार २१:३७ बजे

काठमाडौं – निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई तीन दिने स्पष्टीकरण सोधेको छ । सोमबार निर्वाचन आयोगले पोखरेलकाबारे सञ्चार माध्यममा प्रकाशन भएका समाचार 'सरकारी गाडी चढेर कांग्रेसको कार्यक्रममा गण्डकीका मुख्मन्त्री र मन्त्री' भन्ने समाचारप्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ । 

निर्वाचन आचार-संहिता अनुसार प्रदेश सरकार मुख्यमन्त्री वा मन्त्रीले आफैं उम्मेदवार भएको अवस्थामाबाहेक कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार-प्रसारमा संलग्न हुन वा प्रचार-प्रसार गर्न नहुने व्यवस्था रहेको जानकारी गराउँदै आयोगले उनलाई तीन दिनभित्र आयोगमा प्राप्त हुने गरी स्पष्ट जवाफ पेस गर्न आयोगले निर्देशन दिएको हो ।



Author

थप समाचार
x