राजनीति

गोरखामा एमाले कार्यकर्तामाथि आक्रमण, चार जना घाइते

इकागज |
बैशाख २७, २०७९ मंगलबार ६:२१ बजे

प्रतिकात्‍मक तस्‍बिर

गोरखा - गोरखाको आरुघाट गाउँपालिका १ मान्बुमा कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ । सोमबार राति चुनावी प्रचारप्रसारबाट फर्किँदै गर्दा श्यामचेतमा कांग्रेस टोलीले छेकेर एमालेका कार्यकर्तामाथि आक्रमण गरेकाे दाबी गरिएको छ ।

आक्रमणबाट एमालेका गोपाल लामा, बिक्रम लामा, बिर्खे लामा र राजुबहादुर लामा गम्भीर घाइते भएका छन् ।


‘दिउँसो धोरतमा कार्यक्रम थियो । त्यहाँबाट फर्किँदा करिब पौने आठ बजे श्यामचेतमा पसल थियो, खाजा खान लाग्दा कांङ्ग्रेसका कार्यकर्ता आएर एक्कासि कुटपिट गरेछन्’, स्थानीय वीरबहादुर लामाले भने ।

कुटपिटबाट घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ । ‘विक्रम लामाको एउटा आँखा नै फुटेको छ । अरु साथीहरूका पनि टाउकोमा, शरीरमा घाउहरू धेरै नै छ’, विक्रम गुरुङले भने ।

आक्रमण गर्ने टोलीले सोमबार दिउँसो पनि कार्यक्रम स्थल जाँदै गर्दा एमालेका कार्यकर्तालाई रोकेर धम्काएको उनी बताउँछन् । ​कांङ्ग्रेसबाट वडाध्यक्षको उमेदवार गजे घले (सूर्य) को नेतृत्वको टोलीले आक्रमण गरेकाे दाबी गरिएको  छ । 


Author

थप समाचार
x