संविधान र लोकतन्त्र रक्षा गर्न बनेको गठबन्धन निरन्तर रहन्छ : सिंह
काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान र लोकतन्त्रको रक्षा गर्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धन भएको स्पष्ट पारेका छन् ।
“कांग्रेस नेतृत्वको सरकारले संविधान जारी गरेको हो । नेकपाको पूर्ववर्ती सरकारबाट पटक–पटक संविधानको मर्ममाथि प्रहार भयो । पछिल्लो समय विधिको शासन जोगाउन नै कांग्रेस नेतृत्वमा नै पाँच दलीय गठबन्धन बनेको हो । यो गठबन्धनले स्थानीय निर्वाचनपछि पनि निरन्तरता पाउँछ ।” उनले भने ।
नेपाली कांग्रेस चन्द्रागिरि नगर समिति र पाँच दलीय गठबन्धनद्वारा आज चन्द्रागिरि–१० बुद्ध मन्दिरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्वमहामन्त्री श्रेष्ठले संविधान जोगाउन र समग्र चन्द्रागिरिको विकास गर्न गठबन्धनका उम्मेदवारलाई निर्वाचनमा मत दिई विजयी गराउन आह्वान गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया