राजनीति

मन्त्री मनाङेको मुद्दा सर्वोच्चमा स्थगित

इकागज |
बैशाख २७, २०७९ मंगलबार १६:१४ बजे

फाइल तस्बिर

काठमाडौँ- राजीव गुरुङ उर्फ 'दिपक मनाङ्गे' को सर्वोच्च अदालतमा परेको मुद्दा स्थगित भएको छ । उनको मुद्दा पुनरावेदकको कानुन व्यवसायीको पक्षबाट  स्थगित भएको हो । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्‍ठ र टंकबहादुर मोक्तानको संयुक्त इजलाशमा परेको मुद्दा स्थगन भएको हो ।

गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएका गुरुङ गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री छन् । मंगलबार  सर्वोच्च अदालतमा उनीविरुद्धको कर्तव्य ज्यान उद्योगसम्बन्धी मुद्दा पेसीमा चढेर स्थगित भएको हो ।


सर्वोच्चले पनि २०७४ माघमा सोही मुद्दामा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको थियो । त्यहीबेला मनाङबाट उनी प्रदेश संसद् निर्वाचन निर्वाचित भए । निर्वाचित भएको ५ महिनामै उनी पक्राउ परे । ८ महिना कैद सजाय भुक्तान गरे । 

यद्यपि, जमानत बुझाएर थुना बाहिरबाटै मुद्दा लड्न पाउने मुलुकी संहिताको सुविधा प्रयोग गरेर ६ पुस २०७५ मा थुना मुक्त भए । तर, थुना मुक्त गर्ने सर्वोच्चकै आदेशविरुद्ध पुनरावलोकन मुद्दा परेको हो । 

 


Author

थप समाचार
x