दोलखाको वैतेश्वरका तीन वडामा झडप, अझै मतदान सुरु हुन सकेन
मतदान केन्द्रमा थप सुरक्षाकर्मी मगाइँदै
काठमाडौँ- दोलखाको वैतेश्वर गाउँपालिकाको तीन वटा वडामा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । एमाले र कांग्रेसका कार्यकर्ताको झडप हुँदा वडा १, २ र ३ मतदान सुरु हुन नसकेको हो । वडा नम्बर १ मा एकछिन मतदान भए पनि हाल स्थगित भएको छ ।
मतदान केन्द्रमा प्रतिनिधि राख्नुपर्ने भन्दै झडप सुरु भएको गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत वशिष्ठ घिमिरेले इकागजलाई जानकारी दिए ।
'वडा १ मा केही समय निर्वाचन भए पनि अहिले स्थगित भएको छ,' उनले भने,' अन्य २ र ३ वडामा पूर्ण रुपमा स्थगित भइसकेको छ । मतदान केन्द्रमा थप सुरक्षाकर्मी मगाइएको छ ।'
मतदान केन्द्रमा आफ्नो पार्टीको मात्र प्रतिनिधि राख्ने विषयमा झडप भएको घिमिरेले जानकारी दिए । बिहान केही समयअघि भीडलाई नियन्त्रण लिन हवाइ फायरसमेत भएको थियो उनले बताए ।
मतदान प्रक्रियालाई अगाडि बढाउन सर्वदलीय बैठक बसेर पुनः मतदान सुरू गर्ने विषयमा छलफल भइरहेको छ । सर्वदलीय बैठकपछि पुनः मतदान हुने उनले सुनाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया