राजनीति

सुदूरपश्चिममा ओली समूहभित्रै विवाद, युवा संघको भेलामा प्रदेश अध्यक्षलाई निषेध

इकागज |
चैत १४, २०७७ शनिबार २०:५९ बजे

धनगढी : सुदूरपश्चिममा नेकपा एमाले ओली समूहभित्रै विवाद देखिएको छ । राष्ट्रिय युवा संघ कैलालीको जिल्ला भेलामा प्रदेश अध्यक्ष कर्ण थापालाई निषेध गरिएपछि एमालेको ओली समूहमा रहेको विवाद सतहमा आएको हो । केपी शर्मा ओली समूह भित्रकै गुटका कारण धनगढीमै भएका अध्यक्ष थापालाई भेलामा निषेध गरिएको स्रोतले बतायो ।

राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेत र अध्यक्ष बचन बहादुर सिंहका कारण अध्यक्ष थापालाई कार्यक्रममा निषेध गरिएको युवा संघका एक नेताले बताए ।


संघीय मन्त्रीदेखि सासंदसम्म सहभागी रहेको जिल्ला भेलामा सुदूपश्चिमका अध्यक्ष थापा सहभागी नभएपछि कार्यकर्ता समेत आश्चर्यमा परेका थिए । भेलामा उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरीको पनि सहभागिता थियो ।

यसबारेमा नेता थापासँग बुझ्न खोज्दा उनी फोन सम्पर्कमा आउन चाहेनन् । भेलामा ओली समूहकै कार्यकर्ताबीच विवाद बढेपछि हात हालाहाल समेत भएको युवा संघका एक नेताको दाबी छ ।


Author

थप समाचार
x