राजनीति

२१ पालिकाको अन्तिम नतिजा सार्वजनिक : कसले कति जिते ?

इकागज |
जेठ १, २०७९ आइतबार ११:८ बजे

काठमाडौँ – स्थानीय तह निर्वाचनअन्तर्गत विभिन्न स्थानीय तहको मतगणना भइरहेको छ । केहीमा भने अन्तिम परिणाम समेत सार्वजनिक भइसकेको छ । आइतबार बिहान ११ बजेसम्म अन्तिम नतिजा सार्वजनिक भएका २१ पालिकामध्ये नेकपा एमालेले ८ र नेपाली कांग्रेसले ७ पालिकामा जित हात पारेका छन् । यस्तै नेकपा माओवादीले ४ पालिका र नेकपा एकीकृत समाजवादीले २ पालिका जितेका छन् ।


मतगणना जारी रहेका पालिकामध्ये सबैभन्दा अगाडि कांग्रेस छ । कांग्रेसलाई एमालेले पछ्याइरहेको छ । कांग्रेस २६७ पालिकामा अग्र स्थानमा हुँदा एमाले १८२ पालिकामा अग्र स्थानमा छ ।


माओवादी १०९ र समाजवादी १२ पालिकामा अगाडि छ । यस्तै जनता समाजवादी २६ र लोसपा ६ पालिकामा अगाडि छ । २७ पालिकामा अन्य उम्मेदवार अग्र स्थानमा छन् ।


Author

थप समाचार
x