धरान उपमहानगरमा कांग्रेसको अग्रता
काठमाडौं–सुनसरीको धरान उपमहानगरपालिकामा कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेसबाट मेयर पदका उम्मेदवार किशोर राईले २८ सय ४९ मत ल्याएर पहिलो स्थानमा छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका हर्कराज राईले १९ य ९३ मत ल्याएका छन् भने एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले १४ सय ३६ मत पाएकी छिन् ।
उपमेयर पदमा भने माओवादीका अइन्द्रविक्रम बेघाले २९ सय ७९ मत ल्याएर अग्र स्थानमा छन् । दोस्रोमा रहेका एमालेका उम्मेदवार पदमप्रसाद लिम्बुले १८ सय ६२ मत ल्याएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया