राजनीति

भरतपुरमा मतान्तर घटाउँदै विजय

इकागज |
जेठ १, २०७९ आइतबार १४:५५ बजे

चितवन- भरतपुर महानगरपालिकामा रेणु दाहाल ५३ मतले अग्रता लिएकी छिन् । उनले महानगरको मतगणना जारी रहँदा १ हजार ८ सय ६७ मत प्राप्त गरेकी छिन् ।

पाँच हजार १ सय ७७ मत गणना हुँदासम्म गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मेयर रहेकी दाहालले १ हजार ८ सय ६७ मत ल्याएकी हुन् ।


एमालेका मेयर उम्मेदवार विजय सुवेदीले १ हजार ८ सय १४ मत  ल्याएका छन् । अहिले भरतपुर २ मा मत गणना भइरहेको छ । २ मा हालसम्म १९ मतपत्र गणना भएको छ ।

अहिले तीन वटा केन्द्रबाट गणना भइरहेकाे छ । यसअघि एक स्थानमा मात्रै मत गणना भइरहेकाे थियाे । स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन् ।

महानगरपालिकामा कूल मतदाताको संख्या १ लाख ८५ हजार ७५१ रहेकामा केवल ६८.६७ प्रतिशतले मात्रै मतदान गरेका हुन् । भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो । 


Author

थप समाचार
x