राजनीति

जितपुर सिमरा उपमहानगरपालिका गठबन्धन अगाडि

इकागज |
जेठ १, २०७९ आइतबार १५:४१ बजे

काठमाडौँ– जितपुर सिमरा उपमहानगरपालिकामा गठबन्धनले अग्रता कायम गरेको छ । गठबन्धनबाट मेयर पदमा माओवादी केन्द्रका उम्मेदवार राजन पौडेलले हालसम्मको ४ हजार २१ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार सरस्वतीदेवी चौधरीले ३ हजार ३ सय ६१ मत प्राप्त गरेकी छन् । 


त्यस्तै, उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी मेघा शाहीले ३ हजार ५ सय ५२ मत प्राप्त गरेर पहिलो स्थानमा छिन । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भोलाप्रसाद अधिकारीले २ हजार २ सय २० मत प्राप्त गरेर दोस्रो स्थानमा छन् । 



Author

थप समाचार
x