राजनीति

६ महानगरमा एमालेलाई पछि पार्दैै गठबन्धन र स्वतन्त्र

कांग्रेस २, माओवादी, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र समान १ मा अगाडि

इकागज |
जेठ १, २०७९ आइतबार १८:२५ बजे

काठमाडौं– देशभरका ६ महानगरपालिकाको मत परिणाम के आउला भन्नेमा सबैको ध्यान खिचिएको छ । हालसम्मको मत परिणाम अनुसार ६ महानगरमध्ये २ वटामा कांग्रेसले अग्रता कायम गरेको छ । यस्तै माओवादी, जसपा, समाजवादी र स्तन्त्रले १–१ वटा महानगरमा अग्रता कायम गरेका छन् । कांग्रेसले ललितपुर र विराटनगरको मेयरमा अग्रता कायम गरेको छ । माओवादी भरतपुरमा आगाडि छ भने एकीकृत समाजवादी पोखरामा अगाडि छ । जनता समाजवादी पार्टी वीरगञ्ज महानगरमा अगाडि छ । काठमाडौँ महानगरमा भने स्वतन्त्रबाट बालेन साहाले स्थापित दलका उम्मेदवारलाई पछाडि पारिरहेका छन् । ६ महानगरमा  एमालेले भने कतै पनि अग्रता कायम गर्न सकेकाे छैन् । 

काठमाडौँमा स्थापित दल विरुद्ध बालेन हावी


काठमाडौँ महानगरपालिकाका मेयरको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरेका छन् । शाहले लौरो चिह्नबाट ३ हजार ५ सय ३२ मत ल्याएका छन् ।
एमालेका केशव स्थापितले १ हजार ८ सय ५६ र नेपाली कांग्रेसका सिर्जना सिंहले १ हजार ६ सय ६८ मत प्राप्त गरेकी छिन् ।
महानगरमा हाल वडा १,२, ३,४, ३१ र ३२ को मतगणना भइरहेको छ । मत गणना राष्ट्रिय सभागृहमा भइरहेको छ । 
त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलले ३ हजार १ सय ५८ मत प्राप्त गरेकी छिन् । डंगोललाई नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९ सय १५ प्राप्त गरि पच्छाइरहेका छन् 

ललितपुरमा दोब्बर मतले चिरीबाबु महर्जन अगाडि

ललितपुर महानगरपालिकाका मेयरको पछिल्लो मत परिणाम अनुसार गठबन्धनबाट उम्मेदावर बनेका कांग्रेसका चिरीबाबु महर्जन दोब्बर मतले अग्रता लिएका छन् । महर्जनले ९ सय ८४ मत प्राप्त गर्दा उनलाई पच्छाइरहेका नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यन्जनकारले ४ सय ४८ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा एमालेकी मञ्जली शाक्य बज्राचार्यले अग्रता लिएकी छिन् । बज्राचार्यले ५ सय मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्य ३ सय ४० मत ल्याएर पच्छाइरहेका छन् ।


भरतपुर महानगरपालिकामा रेनुकै अग्रता
भरतपुर महानगरपालिकामा रेणु दाहालले अग्रता कायम राखेकी छिन् । उनले महानगरको मेयरको जारी मतगणनामा २ हजार ३८ मत प्राप्त गरेकी छिन् । 
एमालेका मेयर उम्मेदवार विजय सुवेदीले १ हजार ९ सय ९८ मत  ल्याएका छन् । 
उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले २ हजार २ सय ४० मत ल्याएर अग्र स्थानमा छन् । राप्रपाकी हिमला गुरुङ भने १ हजार ६ सय २ मत ल्याएर दोस्रो स्थानमा छिन्


पोखरा महानगरपालिकामा समाजवादीका आचार्य अगाडि
पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ । समाजवादी मेयर उम्मेदवार धनराज आचार्यले १ हजार १ सय २१ मत प्राप्त गरेका छन् । 
एमालेका मेयर उम्मेदवार विजय सुवेदी १ हजार ४० मत ल्याएर दोस्रो स्थानमा छन् । 
उपमेयरमा भने कांग्रेसकी कोपिला रानाभाटले १ हजार २ सय ४६ मत ल्याएर अग्र स्थानमा छिन् । एमालेकी मन्जुदेवी गुरुङ भने १ हजार ६ सय ६५ मत ल्याएर दो

वीरगञ्जमा जसपाका सिंह अगाडि
वीरगञ्ज महानगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेदवार जसपाका राजेशमान सिंहले १८ सय १० मत ल्याएर अग्र स्थानमा छन् । दोस्रो स्थानमा रहेका एमालेका उम्मेदवार विजयकुमार सरावगीले ७ सय ४७ मत पाएका छन् भने राप्रपाका गिरीश गिरीले ४५ मत मत्रै प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसका इम्तियाज आलमले १३ सय ३७ मत ल्याएर अग्र स्थानमा छन् । उनलाई पछ्याएका लोसपाका उम्मेदवार पुरुषेत्तमलाल झाले १ सय ८३ मत मात्रै पाएका छन् । 


विराटनगरको मेयरमा कांग्रेस, उपमेयरमा एमाले अगाडि
मोरङको विराटनगर महानगरपालिका कांग्रेसका नागेश कोइराला अगाडि छन् भने उपमेयरमा एमालेकी शिल्पा कार्की छिन् । मेयर पदमा कोइरालाले एमालेका सागर थापालाई ८ सय ७७ मतान्तरले पछाडि पारेका छन् ।
कांग्रेसका कोइरालाले ३१ सय ३९ मत ल्याएका छन् भने सागर थापाले २२ सय ६२ मत ल्याएका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका उमेशकुमार यादवले ७ सय १५ मत ल्याएका छन् । 
उपमेयरमा एमालेकी शिल्पा कार्कीले २७ सय ६२ मत ल्याएर पहिलो स्थानमा छिन् । जसपाका अमेरन्द्र यादव १ हजार ६ सय ३२ मत ल्याएर उनलाई पछ्याउँदैछन् । 


 


Author

थप समाचार
x