राजनीति

गोकुलगंगामा दुइटा वडामा कांग्रेस, एउटामा एमाले विजयी

इकागज |
जेठ १, २०७९ आइतबार १९:९ बजे

काठमाडौँ– रामेछाप गोकुलगंगा गाउँपालिका वडा–१ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार छत्रबहादुर बस्नेतले ७ सय १५ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका मिनबहादुर कार्की ६ सय १९ मत ल्याएर पराजित भएका छन् ।


गाउँपालिकाको वडा–२ मा पनि कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार सुन्दरकुमार कार्कीले ८ सय ७० मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । 
उनका प्रतिस्पर्धी नेकपा एमालेका गजेन्द्र श्रेष्ठ ४ सय ८८ मत ल्याएर पराजित भएका छन् । 



त्यस्तै, गाउँपालिकाको वडा–३ मा भने नेकपा एमाले विजयी भएको छ । एमाले उम्मेदवार नरविक्रम कार्की १ हजार ३ सय ४२ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका चक्रबहादुर तामाङ ६ सय ७८ मत ल्याएर पराजित भएका छन् । 


गाउँपालिकाका बाँकी ३ वडाको भने मतगणना हुन बाँकी छ । 


Author

थप समाचार
x