कांग्रेस र एमाले बराबर २० स्थानमा विजयी, अग्रताको हिसाब यस्तो छ
काठमाडौँ – स्थानीय तह निर्वाचन २०७९ अन्तरगत विभिन्न पालिकाको नतिजा सार्वजनिक भइरहेको छ । निर्वाचन आयोग स्रोतका अनुसार अहिलेसम्म ५८ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ।
अहिले एमाले र कांग्रेसले बराबरी स्थानमा विजय हासिल गरेका छन् । एमाले र कांग्रेसले बराबर २० स्थानमा जित हासिल गरेको छ । त्यस्तै माओवादी केन्द्रले १६ स्थान र नेकपा एकीकृत समाजवादीले दुई स्थानमा विजय हासिल गरेको छ ।
कांग्रेसले हालसम्म २५६ स्थानमा अग्रता कायम गरेका छ भने एमालेले १८७ स्थानमा अग्रता लिएको छ । त्यस्तै माओवादी केन्द्रले ९७, नेकपा एकीकृत समाजवादीले १५ स्थानमा अग्रता लिएको छ भने जनता समाजवादी पार्टीले २५ स्थानमा अग्रता बनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया