ओलीको गृहनगर दमकमा मेयर र उपमेयर दुवैमा एमाले फराकिलो मतान्तरले पछाडि
काठमाडौं– नेकपा एमालेका अध्यक्ष ओलीको गृहनगर दमक नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमाले फराकिलो मतान्तरले पछाडि परेको छ । मेयर पदमा एमालेलाई पछाडि पार्दै राप्रपाले अग्रता कायम गरेको छ । मेयर पदमा राप्रपाका रामकुमार थापाले ५ हजार ९१ मत ल्याएर पहिलो स्थानमा छन् । दोस्रो स्थानमा रहेकी एमालेकी उम्मेदवार गीताकुमारी पौडेल अधिकारीले ४ हजार ४ सय ९५ मत ल्याएकी छिन् ।
उपमेयरमा कांग्रेसकी रेगिना भट्टराई ४ हजार ९ सय ४३ मत ल्याएर पहिलो स्थानमा छिन् । दोस्रोमा रहेका एमालेका अम्बिकाप्रसाद खनालले ४ हजार ३ सय ४४ मत ल्याएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया