राजनीति

भरतपुर महानगरमा रेणुकाे अग्रता कायमै, विजयले कति मत पाए ?

इकागज |
जेठ २, २०७९ सोमबार १९:३३ बजे

चितवन ।  भरतपुर महानगरपालिकामा मेयर लागि भएकाे निवार्चनकाे मत परिणाम राेकच बन्दै गएकाे छ ।

गठबन्धनकाे तर्फबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले ५ हजार १ सय ६५ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वीलाई उछिनेकी छन् ।


मेयर लागि नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भने ५ हजार १ सय ४८ मत ल्याएका छन् ।

१५ हजार ४ सय ३२  मत गणना गर्दा रेणुले १३ मतले विजयलाई उछिनेकी छन् ।  

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ४ सय ४० मत ल्याएका छन् । 


Author

थप समाचार
x