कोशी

कोभिडले मोरङमा एकको मृत्यु

इकागज |
असोज २८, २०७७ बुधबार ९:४८ बजे

मोरङ : बूढीगङ्गा गाउँपालिका-३ का कोभिड-१९ सङ्क्रमित एक पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । बुढीगङ्गास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मङ्गलबार राति मृत्यु भएको आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए ।

मृतकलाई यही असोज १५ गते कोभिड सङ्क्रमण पुष्टि भएपछि आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो । उनी श्वासप्रश्वास र मृगौलासम्बन्धी दीर्घ रोगी थिए । (रासस)



Author

थप समाचार
x