कोशी

एमाले प्रमुख सचेतक विशाल भट्टराईको गृहपालिकामा माओवादी उम्मेदवार विजयी

इकागज |
जेठ ३, २०७९ मंगलबार ११:६ बजे

काठमाडौँ- खोटाङको खोटेहाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उदिमबहादुर राई निर्वाचित भएका छन् । नेकपा एमालेका कविता राईलाई पराजित गर्दै उदिम निर्वाचित भएका हुन् ।

उदिमले ३ हजार ७२८ मत ल्याएका थिए भने एमालेकी कविताले ३ हजार ६९० मत पाइन् ।


उपाध्यक्षमा नेकपा कांग्रेसका रुपेश राईले ३ हजार ७६३ मत ल्याएर निर्वाचित भएका छन् । उपाध्यक्षमा एमालेका राजन बञ्जराले ३ हजार ३१० मत ल्याएका छन् ।

खोटेहाङ गाउँपालिका एमालेका प्रमुख सचेतक विशाल भट्टराईको गृहपालिका हो । २०७४ को निर्वाचनमा खोटेहाङको अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको थियो । 


Author

थप समाचार
x