कोशी

विराटनगर महानगर : कांग्रेसले जितेका वडामा एमाले हाबी

इकागज |
जेठ ३, २०७९ मंगलबार ११:५३ बजे

विराटनगर- विराटनगर महानगरपालिकाको ६ वटा वडामा मत गणना सकिँदा तीन वटा वडामा एमालेले जितेको छ । तीनवटा मध्ये दुई वटा वडामा यसअघि कांग्रेसले जितेको थियो ।

मंगलबार विहानसम्मको मतपरिणाम अनुसार विराटनगर महानगरपालिकामा एउटा वडामा नेपाली कांग्रेसले एउटा वडामा मात्रै जितेको छ । एउटामा जनता समाजवादी र एक स्वतन्त्रले वडाध्यक्ष जितेका छन् ।


विराटनगरमा शनिबार विहान १० गतेदेखि ६ वटा वडाको मतगणना सुरु गरिएको थियो । पहिलो चरणमा मतगणना सुरु भएका सबै वडाको गणना मंगलबार बिहान सकिएको छ । विराटनगरमा कांग्रेसले यसअघि जितेको वडा नम्बर १ र २ मा पनि वडाध्यक्षसहित अधिकांश पद यस पटक एमालेले जितेको हो ।

एमालेबाट वडा नम्बर १ मा काजीबहादुर बस्नेतले १ हजार ९०० मत प्राप्त गरी विजयी भएका छन् । कांग्रेसका राजन नेउपानेले १ हजार ५९१ मत प्राप्त गरी निकटतम् प्रतिद्वन्द्वीमै सिमित भए ।

त्यस्तै २ मा कुमार पोखरेलले १ हजार ३१२ मतका साथ विजयी भएका हुन् । वडा नं. २ मा राप्रपाको सुरुवाती अग्रतालाई रोक्दै एमालेका पोखरेल निर्वाचित भए । राप्रपाका पवन कुमार सुरानाले १ हजार २६९ मत प्राप्त गरेर दोस्रो हुँदा कांग्रेसका ज्ञानेश्वर नेपाल तेस्रो मतमा सिमित भए ।

वडा नम्बर १९ मा एमालेकै श्याम घिमिरे विजयी भइसकेका छन् । एमालेले जितेका तीनवटा मध्ये वडामा २०७४ को निर्वाचनबाट कांग्रेसका उम्मेदवार १ र १९ मा निर्वाचित भएका थिए । वडा नम्बर १६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उद्धव कुमार भुजेल, वडा नं. १७ मा जनता समाजवादी पार्टी समिम कमर मिया र वडा नम्बर १८ मा स्वतन्त्र उम्मेदवारी दिएका जितेन्द्र कुमार साह विजयी भएका थिए ।


Author

थप समाचार
x