जिसस सुनसरीमा कांग्रेस उम्मेदवार विजयी
फाइल फोटो
सुनसरी - जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । संयोजकमा इनरुवा नगरपालिकाका पूर्वप्रमुख राजन मेहता निर्वाचित भएका छन् ।
उपप्रमुखमा कमला दाहाल विजयी भएकी छिन् । दलित महिला सदस्यमा पनि कांग्रेसकै कुमारी विश्वकर्मा निर्वाचित भएका छन् । एकल उम्मेदवारी परेका कारण सदस्यमा अन्य ६ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
सदस्यतर्फ निर्विरोध हुनेमा टंकप्रसाद गुरुङ, सलिम मियाँ, कलावती माझी, शेषकुमारी घिमिरे, लालकुमारीदेवी चौधरी र भूपेन्द्र उराव रहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया