वर्षा र पहिरोले शैक्षिक संस्था बन्द
फुङ्लिङ- निरन्तर वर्षा र पाढीपहिराका कारण सिदिङवा गाउँपालिका र सिरिजङ्गा गाउँपालिका भित्रका सबै शैक्षिक संस्थाहरु बन्द भएको छ । निरन्तर वर्षाले खोलामा पानीको सतह बढेको र विद्यालय जाने बाटोहरु भत्किएर जोखिम भएसँगै गाउँपालिकाले विद्यालयहरु बन्द गरिएको हो ।
निरन्तरण वर्षा पहिराका कारण अर्को सूचना प्रकाशन नगरेसम्मका लागि स्कुल बिदाको निर्णय गरिएको सिदिङवा गाउँपालिकाका सूचना अधिकारी सेमन्त भट्टराईले बताए । सदिङवा गाउँपालिकाले बिहीबारदेखि नै विद्यालय बन्द गरेको छ भने सिरिजङ्गा गाउँपालिकाले आजदेखि अर्को सूचना प्रकाशन नगरेसम्मको लागि गाउँपालिका भित्रको सबै विद्यालयहरु बन्द गर्ने निर्णय भएको सिरिजङ्गा गाउँपालिकाको उपाध्यक्ष चित्र माबोले बताए ।
उनले भने, “खोलामा पानीको सतह बढेको छ । विद्यालय आउने जाने बाटो भत्किएपछि आउन जान नसक्ने भएपछि अर्को सूचना नआएसम्मका लागि शैक्षिक संंस्थाहरु बन्द गर्ने निर्णय भएको छ ।” रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया