कोशी

आगलागी हुँदा पन्ध्र लाखको क्षति

इकागज |
चैत २३, २०७७ सोमवार ७:५ बजे

सांकेतिक तस्बिर

उदयपुर : ताप्ली गाउँपालिका-४ थान पोखरीस्थित हीरा तामाङको घरमा आगलागी हुँदा घरगोठ जलेर क्षति भई रु १५ लाखभन्दा बढीको नोक्सानी भएको छ ।

जिल्ला प्रहरी कार्यलयका अनुसार आइतबार साँझ तामाङको गोठबाट सल्केको र आगो घरमा समेत लाग्दा घरगोठ दुवै जलेर नष्ट भएको छ । घरगोठ दुवै नष्ट हुँदा घरमा रहेका लत्ताकपडा अन्नपात, नगद रु २५ हजारसमेत जलेर रु १५ लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भीमप्रसाद दाहालले बताए ।


आइतबार बेलुकी तामाङको घरगोठमा आगलागी भएपछि प्रहरीचौकी ताप्ली रुपाटरका प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको बताइएको छ । रासस


Author

थप समाचार
x