कोशी

पार्टी छोडेर मन्त्री बनेका टंक आङ्बोहाङलाई माओवादी केन्द्रले प्रदेश सांसदबाट हटायो

इकागज |
चैत २३, २०७७ सोमवार १२:१८ बजे

विराटनगर :  नेकपा माओवादी केन्द्रले टंक आङ्बोहाङलाई सांसद पद र साधारण सदस्यबाट निष्कासित गरेको छ । पार्टी परित्याग गर्दै प्रदेश १ सरकारको मन्त्री बनेका आङ्बुहाङलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको हो ।

माओवादी केन्द्र प्रदेश सभा संसदीय दलको सिफारिस अनुसार उनलाई पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहालले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका हुन् । गत चैत १३ गते आङ्बुहाङ प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए।


माओवादी छोडेर एमाले बनेका दुई सांसदलाई पदबाट हटाउन दाहालको पत्र

 


Author

थप समाचार
x