सुनसरी पुलमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सुनसरी- सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–४ र ५ को सिमानामा रहेको सुनसरी पुलमा हिजो साँझ जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाको बर्दिबास नगरपालिका–६ का २९ वर्षीय बालकृष्ण राना मगर रहेका छन् ।
दुर्घटनामा गम्भिर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा हिजो बेलुकी साढे ७ बजे मृत्यु भएको हो ।
पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको भारतीय नम्बरको स्कारपियो जिपले विपरित दिशाबाट जाँदै गरेको ना ६३ प ४०७५ नम्बरको मोटरसाइकललाई हिजो साँझ ६ बजे ठक्कर दिएको थियो ।
जिपसहित चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया