कोशी

सभामुख भण्डारीकाे गुनासाे : स्थानीय सरकारले प्रदेश सरकारले बनाएका कानुनको कार्यान्वयन गरेनन्

इकागज |
भदौ ७, २०७९ मंगलबार १४:३४ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रदेश सभा १ का सभामुख प्रदीपकुमार भण्डारीले स्थानीय तहले प्रदेश सरकारले बनाएका कानुनको कार्यान्वयन नगरेको बताएका छन् ।

मंगलबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रदेशले बनाएका कानुन व्यवहारिक रूपमा नियमन गर्दा अधिकांश कानुनको कार्यान्वयन नभएको पाइएको जिकिर गरे । भण्डारीले असार १० गते बजेट विनियोजन गर्नुपर्छ, बजेट वक्तव्य आउनुपर्छ, नीति कार्यक्रम आउनुपर्छ भनेपनि स्थानीय सरकारले संविधानको मर्म, प्रदेश सभाले बनाएका कानुन अनुसारको भावनामा अघि बढ्न नसकेको उल्लेख गरे । उनले स्थानीय सरकारले एकै पटकमा बजेट पास गरेर बिना छलफल टुंगाएको भन्दै आपत्ति जनाए ।


प्रदेश सभामुख भण्डारीले तीन तहको सरकार भनिरहँदा स्थानीय सरकारमा सरकार चलाउन कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका संविधानले व्यवस्था गरेको कुरा भएपनि त्यो अनुसारको व्यवस्था नभएको उल्लेख गरे । उनले स्थानीय सरकारले ५ वर्ष बिताइसकेको भन्दै अब प्रदेश र स्थानीय सरकारलाई नयाँ अभ्यासमा छाैं भनिरहने छुट नरहेको जिकिर गरे । उनले कतिपय कानुनहरू निर्माण गर्न नसकेको र एकल अधिकारका कानुनहरू प्रशस्त बनाएको बताए । उनले साझा अधिकारका सूचीमा रहेका कानुनहरूका कारण स्थानीय तहलाई काम गर्न अफ्ठ्यारो परिरहेको बताए ।

प्रदेश सभामुख भण्डारीले नयाँ संरचनामा गइसकेपछि आफैँले बनाएर ल्याएको संविधान अन्तर्गतका संरचनामार्फत काम गरिरहेको सन्दर्भमा अफ्ट्यारा, प्रभावका बारेमा जानकारी हुनुपर्ने र संघीयतालाई सबलीकरण गर्नका निमित्त के गर्नुपर्छ ? भन्‍ने कुरामा जोड दिन आवश्यक औँल्याए । 


Author

थप समाचार
x