कोशी

राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् व्यवस्थापन गरौँः सभामुख भण्डारी

इकागज |
भदौ ९, २०७९ बिहीबार १७:२७ बजे

काठमाडौँ- प्रदेश १ का प्रदेश सभा सभामुख प्रदीपकुमार भण्डारीले राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् व्यवस्थापनमा जुट्नुपर्ने बताएका छन् ।

बिहीबार प्रदेश १ सरकारको न्याय, प्रशासन तथा विधायन समितिले आयोजना गरेको प्राकृतिक विपद् व्यवस्थापनमा प्रदेश सभासदहरूको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले यस्तो बताएका हुन् । उनले मानव निर्मित प्रकोपलाई न्यूनीकरण गर्न इमान्दारितापूर्वक लाग्नुपर्नेमा जोड दिए ।


सभामुख भण्डारीले प्रदेश १ विपद्का हिसाबमा जोखिमयुक्त रहेको भन्दै वर्षैपिच्छे हुने विपद्लाई न्यूनीकरण र व्यवस्थापन गर्न सक्रियतापूर्वक लाग्नुपर्ने जिकिर गरे । उनले इमान्दारीतापूर्वक कर्तव्य पूरा गरे धेरै समस्याको समाधान हुने उल्लेख गरे । उनले प्राकृतिक प्रकोपमा दीर्घकालीन व्यवस्थापनका बारेमा सोच्‍न नसकेको बताए । सभामुख भण्डारीले नराम्रो कामको संरक्षण गर्ने प्रवृत्तिले समस्या सिर्जना भइरहेको भन्दै विपद्का घटना हुन नदिन बेलैमा पूर्व तयारीका साथ अघि बढ्नुपर्ने बताए । 

उनले नागरिक लाभान्वित हुने गरेर कानुनको कार्यान्वयनमा सबै प्रतिबद्ध हुन आवश्यक रहेकाे उल्लेख गरे । 


Author

थप समाचार
x