उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ मा राई र दाहालको स्वतन्त्र उम्मेदवारी
उदयपुर- मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उदयपुरको निर्बाचन क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादीका जगनाथ खतिवडाको उम्मेदवारीविरुद्ध नेपाली कांग्रेसका क्षेत्रीय सभापति रामकुमार राई र निर्वाचन क्षेत्र नम्बर २ (ख) मा गठबन्धनका रामकुमार खत्रीकोविरुद्धमा नेकपा माओवादीका हेम दाहालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
सबैको सल्लाहाले स्वतन्त्रमा उमेद्वारी दिएको राईले बताएका छन् । राई कांग्रेस क्षेत्र नम्बर २ का बहालवाला क्षेत्रीय सभापति, पूर्व जिल्ला सचिब, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुन् । कटारी क्षेत्रमा लोकप्रिय ५१ वर्षीय राई २०५४ को स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसबाट कटारी गाबिसका निर्वाचित अध्यक्ष हुन् । लामो समय पार्टीभित्र काम गर्दा पनि उचित मूल्यांकन नभएकाले स्वतन्त्र उम्मेदवारी दिएको राईले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया